शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

देशभरको मौसम दिनभर कस्तो रहन्छ होला ?

देशभरको मौसम दिनभर कस्तो रहन्छ होला ?

रोदिक खबर

५, आश्विन २०७७
  • 4.6K
    SHARES
  • देशभरको मौसम दिनभर कस्तो रहन्छ होला ?

    काठमाडौँ । देशभरको मौसम सोमबार सामान्यतया बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । यस्तै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको र पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसमविदले बताएका छन् ।

    अहिले देशभर सामान्य बदली रहेको छ भने प्रदेश १ र २ का केही स्थानमा पूर्ण बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    सोमबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २ का केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - ०८:२३:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको