खोटाङ । नेपाल लोकतान्त्रिक खेलकुद संघको खोटाङको अध्यक्षमा मिलन कसजु निर्वाचित भएका छन् । नेपाली कांग्रेस वीपी स्मृति भवन दिक्तेलमा बुधबार सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले कसजु निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।
२४ सदस्यीय संघको उपाध्यक्षमा सागर राई, महिला उपाध्यक्षमा वविता खत्री, सचिवमा विरेन गुरुङ, सहसचिवमा श्याम कुमार पौडेल र कोषाध्यक्ष किरण राई चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा विचारी तामाङ,दिनेश राई, राजधन राई, दिपक खत्री, चन्द्रबहादुर श्रेष्ठ, हरिकुमार श्रेष्ठ, कंचन राई, सविन श्रेष्ठ, सोमकुमार राई, सन्तोष खड्का, ढकराज मगर, गौधन राई र एलिशा गुरुङ चयन भएको निर्वाचन मण्डलका सदस्य फुर्वा शेर्पाले जानकारी दिए ।
यस्तै, केन्द्रीय प्रतिनिधिमा खड्गमणि राई, बसन्त राई चयन भएका छन भने प्रदेश प्रतिनिधिमा खोटाङ प्रदेश क बाट भरत राई, सनम राई र प्रदेश ख बाट रणजंग राई, गणेश पुमा राई र एलिशा राई चयन भएका छन् ।
नेपाली कांग्रेस खोटाङका उपसभापति इवन राईको प्रमुख आतिथ्यतामा एवम् नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि बेदप्रसाद वनको विशेष आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु वीरकाजी राई, सुमनबाबु आचार्य, शहरमान राई, रुद्रकुमार गिरी, दिल्ली कुमारी आचार्य, राकेश परियार, युवा नेता मनोज तिमल्सिना, निशान राई, जिल्ला सदस्य नवराज राई, मिना कार्की, सयन्द्र राई, नेपाल तरुण दल केन्द्रीय सदस्य सञ्जय कुमार राईको उपस्थिति रहेको थियो ।
यस्तै, अनेरास्ववियु क्रान्तिकारी कोशी प्रदेश सचिव आदेश थापा, नेपाल तरुण दल खोटाङका अध्यक्ष काजीमान राई, वाईसीएल खोटाङका अध्यक्ष भुपेन्द्र राई, नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष मोतिचन्द्र राई, युवा संघ नगर कमिटी अध्यक्ष कविराज रिजाल, नेपाल कराते महासंघ अध्यक्ष सुमन राई, जिल्ला व्याडमिन्टन संघ अध्यक्ष आशिष थापा, जिल्ला तेक्वान्दो संघका धिरेन्द्र राई लगायतको उपस्थितिमा रहेको थियोे ।