खोटाङ । नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जाँदा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसैक्रममा गायिका कविता खत्री र गायक मिलन दुलालको नयाँ तीज गीत ‘हातमा टल्के चुरा’ सार्वजनिक भएको छ । गीतको भिडियो मिलन दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
मिलन दुलालको शव्द तथा स्वर, कुशल विश्वकर्माको संगीत तथा पूर्ण संयोगको एरेञ्ज रहेको गीतको भिडियोमा शंकर विसी, अस्मिता रानापाल लगायतको अभिनय रहेको छ ।
तीज गीतमा छाडा प्रवृति मौलाउँदै गएकोमा एक मौलिक तीज गीत श्रोता र दर्शकमाझ पस्किएको गायिका खत्रीले बताइन ।
यसअघि ‘नमस्ते ढोगदिया’,‘फिरफिरे पुतली’ ‘गरिवको जुनी’ लगायतका गीतहरुबाट राम्रो चर्चा कमाएकी गायिका कविताको अर्को तीज गीत ‘हातमा टल्के चुरा’ बजारमा आएको हो ।
https://www.youtube.com/watch?v=6nFvsvXHqDo