खोटाङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा इच्छुराम रानामगर निर्वाचित भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान सम्पन्न तेस्रो महाधिवेशनबाट रानामगर सर्वसहमत सभापतिमा निर्वाचित भएका हुन् ।
३९ सदस्य केन्द्रीय समितिको उपसभापतिखुल्लामा कृष्ण थापामगर र जनक कुमार बाँठामगर, उपसभापति महिलामा उमा थापामगर, महामन्त्रीमा रामबहादुर थापामगर, सहमहामन्त्रीमा खडक वहादुर थापा र हस्त पुन, सहमहामन्त्री (महिला) सरिता रानामगर र कोषाध्यक्षमा गायत्री रानामगर रहेको नवनिर्वाचित सभापनि रानामगरले जानकारी दिए ।
यस्तै, बमेन्द्रबहादुर बुर्जा मगर, मान हादुर मगर, ओमवहादुर मगर, रमेश थापामगर, सुरेश थापामगर, देवीकुमारी बुढा, गोपाल रानामगर, जगतबहादुर रानामगर, शकुन्तला मगर, भगवान वहादुर दर्लामीमगर, चन्द्रिका कुमारी मगर, बुद्धिबहादुर पुलमीमगर, उर्मीला कुमारी पुलामी, यामबहादुर राना, केश कुमारी राना, प्रेम बहादुर कामुमगर, धन कुमारी राना, कमल घर्तीमगर, चन्द्रा आलेमगर, प्रेम बहादुर सुर्जामगर र रितादेवी मगर रहेका छन् ।
बाँकी ७ जना पछि मनोनित गरिने सभापति रानामगरले बताए । महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए ।