निजी विद्यालयलाई ‘गैर–नाफामुलक बनाउने’ वाक्यांश हटाइनुपर्ने माग

निजी विद्यालयलाई ‘गैर–नाफामुलक बनाउने’ वाक्यांश हटाइनुपर्ने माग

रोदिक खबर

२, भाद्र २०८२
  • 3.7K
    SHARES
  • निजी विद्यालयलाई ‘गैर–नाफामुलक बनाउने’ वाक्यांश हटाइनुपर्ने माग

    खोटाङ, २ भदौ । संस्थागत विद्यालय सरोकार समुह खोटाङले विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा निजी विद्यालयलाई ‘गैर–नाफामुलक बनाउने’ वाक्यांश हटाइनुपर्ने माग गरेको छ ।

    सोमबार शिक्षा मन्त्रालयलाई ज्ञापन–पत्र पठाउँदै समुहले विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा निजी विद्यालयलाई क्रमशः ‘गैर–नाफामुलक बनाइनेछ’ भन्ने वाक्यांश हटाइनुपर्ने माग गरेको हो ।

    Screenshot_20250818_231243_Gallery(1).jpgजिल्लाका संस्थागत विद्यालय आवद्ध समुहले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमार्फत ज्ञापन–पत्र पठाएको हो ।

    समुहले विधेयकमा उल्लेखित ‘पूर्ण छात्रबृत्ति’ भन्ने शव्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेका जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रबृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रबृत्ति अन्तरगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने माग गरेको छ ।

    समुहका संयोजक सागर जोशीले जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तीर्थ बिश्वकर्मालाई ज्ञापन–पत्र हस्तान्तरण गरेका थिए ।

    आवश्यकताले स्थापना भएका निजी विद्यालय सञ्चालन लागत समेत उठाउन संघर्ष गरिरहनुपरेको परिस्थितिमा यो व्यवस्था अत्यान्तै अव्यवहारिक भएकाले गम्भीर असहमती रहेको समुहका संयोजक जोशीले बताए ।

    प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - २३:२०:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको