भक्तपुर । खोटाङ हलेसी सेवा समाज काठमाडौको आयाेजनामा आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
किवानीज क्लब अफ काठमाडौँ सनसाइन तथा 'कान्तिपुर अस्पतालको सहकार्यमा निकल्सन कलेज भक्तपुर सिर्जनानगरमा संचालित शिविरमा २७९ जनाको निःशुल्क आँखाको परीक्षण तथा १०९ जनालाई चस्मा वितरण र ४२ जनाले रक्तदान गरेको समाजका सचिव कुमारबाबू बस्नेतले जानकारी दिए ।
मानवीय सेवा एवम् सामाजिक क्षेत्रमा काम गर्दै आएको खोटाङ हलेसी सेवा समाज काठमाडौले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकोले रक्तदान तथा आँखा शिविर कार्यक्रमकाे आयोजना गरिएको समाजका सचिव बस्नेतले बताए । उक्त कार्यक्रममा रक्तदान गर्ने व्यक्तिहरुलाई समाजकी अध्यक्ष इन्दा थापाले प्रमाणपत्र वितरण गरेकी थिइन ।
कार्यक्रममा खोटाङको दिप्रुङ चुइचुम्मा-१ याम्खाका डा. सुर्यबहादुर घिमिरेलाई सम्मान गरिएको छ । थाइल्यान्डबाट टुरिजम बिषयमा पिएचडी गरि टुरिजम क्षेत्रमा पुर्याउनु भएको याेगदानकाे उच्च कदर गर्दै घिमिरेलाई सम्मान गरिएको आयोजकले जनाएकाे छ ।
किर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जन विशेषज्ञ प्रोफेसर डा. शंकरमान राईको प्रमुख आतिथ्य तथा समाजकी अध्यक्ष थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य हिरा गुरुङ, दिप्रुङ चुईचुम्मा गाउँपलिका अध्यक्ष लोकेन्द्र राई, नेपाल सरकारका उपसचिव कृष्ण बहादुर कटुवाल, संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार समितिका संयोजक कर्णराज कटुवाल लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेको समाजका महासचिव सुरेन्द्र कटवालले जानकारी दिए । 
