शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

रोदिक खबर

२१, भाद्र २०८२
  • 659
    SHARES
  • बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

    काठमाडौँ: बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।

    विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध छन् । जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ ।

    यसैगरी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ ।चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा गणेशचोक(तमोर करिडोर) पनि अवरुद्ध छ । ठोरी–भण्डारा–मलेखु,गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड पनि बन्द भएको छ ।

    विभागका अनुसार छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम(भेरी करिडोर) पनि बन्द छ ।

    कोइलाबास–लमही,अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग),सुर्खेत–तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध छ ।

    विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाण्डौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ ।

    प्रकाशित मिति :भाद्र २१, २०८२ शनिवार - १९:५२:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको