शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

रोदिक खबर

२४, भाद्र २०८२
  • 778
    SHARES
  • प्रधानमन्त्री ओलीले दिए राजीनामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।

    सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए ।

    मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् । सो क्रममा युवाहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन लगायतमा समेत आगजनी गरे ।

    सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ ।

    देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।

    Screenshot_20250909_151553_Chrome(1).jpg

    प्रकाशित मिति :भाद्र २४, २०८२ मंगलवार - १४:३३:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको