भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चारपक्राउ, नगद र हतियार वरामद

भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चारपक्राउ, नगद र हतियार वरामद

रोदिक खबर

२५, भाद्र २०८२
  • 2.4K
    SHARES
  • भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चारपक्राउ, नगद र हतियार वरामद

    काठमाडौं । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चारजना पक्राउ परेका छन् ।

    देशभर नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात आज विहान १० बजेबाट दिउसोको १ बजेसम्म महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेको नेपाली सेनाले जनाएको छ ।

    त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात छाडेर भागेको नेपाली दुई लाख ३२ हजार पाँच सय र २५०० यूएस डलर बरामद गरिएको छ ।

    सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक नालसहित ३२ नाल हतियार बरामद भएको छ ।

    साथै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको छ ।

    प्रकाशित मिति :भाद्र २५, २०८२ बुधवार - १४:३७:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको