नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की

रोदिक खबर

२७, भाद्र २०८२
  • 5.8K
    SHARES
  • नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की

    काठमाडौँ । सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् ।

    जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश पनि हुन् ।

    गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।

    ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।

    प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार - २०:३७:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको