बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा

रोदिक खबर

२८, भाद्र २०८२
  • 2.9K
    SHARES
  • प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा

    खोटाङ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । प्रधानमन्त्री कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।

    कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन् । त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ ।

    प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् । सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन् ।

    गत सोमबार र मंगलबार युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनलाई प्रधानमन्त्री नियुक्त गर्न जेनजीहरूले सञ्जालमै छलफल गरेका थिए ।

    नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।

    प्रकाशित मिति :भाद्र २८, २०८२ शनिवार - ०६:३९:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको