घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील

घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील

रोदिक खबर

२८, भाद्र २०८२
  • 1.7K
    SHARES
  • घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील

    खोटाङ । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् ।

    शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपील गर्दछु ।’

    ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर उनले उल्लेख गरेका छन् ।

    शुक्रबार राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई ६ महिनाभित्र चुनाव गराउने म्यान्डेटसहित अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

    लगत्तै शुक्रबार नै प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएकी थिइन् ।

    प्रकाशित मिति :भाद्र २८, २०८२ शनिवार - २१:४६:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको