बिहिवार, कार्तिक १३ गते २०८३

घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील

घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील

रोदिक खबर

२८, भाद्र २०८२
  • 1.9K
    SHARES
  • घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील

    खोटाङ । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् ।

    शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपील गर्दछु ।’

    ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर उनले उल्लेख गरेका छन् ।

    शुक्रबार राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई ६ महिनाभित्र चुनाव गराउने म्यान्डेटसहित अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

    लगत्तै शुक्रबार नै प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएकी थिइन् ।

    प्रकाशित मिति :भाद्र २८, २०८२ शनिवार - २१:४६:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको