शुक्रवार, भाद्र २६ गते २०८३

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

रोदिक खबर

२९, भाद्र २०८२
  • 2.1K
    SHARES
  • दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज देखि दसैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ ।

    राष्ट्र बैङ्कले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।

    बैकले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बिचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो ।

    तर, राष्ट्र बैक तथा बैङ्कहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको बताएको छ ।

    प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - ११:००:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको