सुनको भाउ तोलामा पुनः एक लाख नाघ्यो

सुनको भाउ तोलामा पुनः एक लाख नाघ्यो

रोदिक खबर

२, भाद्र २०७७
  • 4.8K
    SHARES
  • सुनको भाउ तोलामा पुनः एक लाख नाघ्यो


    काठमाडौं । सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई  हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य  ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ ।

    मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको प्रतितोला भाउ ६५ रुपैयाँले बढेको हो

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - ११:४५:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको