शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सामूहिक बलात्कार गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ 

सामूहिक बलात्कार गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ 

रोदिक खबर

६, आश्विन २०७७
  • 3.5K
    SHARES
  • सामूहिक बलात्कार गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ 

    इलाम ।  जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् ।  इलामको चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो ।

     २०६४ सालमा झापा साधुहोली जङ्गलमा सामूहिक रूपमा जबर्जस्ती करणी गरी फरार रहेका  उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

     उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही  २१ हजार जरिवाना तोकिएको थियो । जिल्ला अदालतमा पेश गरेकै दिन दुवैलाई कैद भुक्तानका लागि सोमबार कारागार  इलाममा पठाइएको प्रहरीले जनाएको छ ।

    उक्त मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - ०७:५५:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको