खोटाङ । खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलबजारस्थित बलराम राईको ढुंगा माटोले बनेको दुई तले घर लडेर पूर्णरुपमा क्षती भएको छ । गएराती परेको वर्षाको कारण मंगलबार विहान पाँच बजेतिर घर लडेको हाे ।
घर लडे पनि भग्न सफल भएकोले मानवीय क्षती भने नभएको स्थानीयले बताएका छन् । उक्त घरमा खड्गबहादुर राई (बिचारी) को परिवार भाडामा बस्दै आएका थिए ।
घर भत्कदा घरसंगै जोडिएको मासु पसल पनि पुरिएको छ । विचारीले सञ्चालन गर्दै आएको यलम्बर मासु पसल पुरिएको हो । क्षतिकाे एकिन विवरण भने आउन बाँकी छ ।