खोटाङ । नेपालीहरूको महान् चाड दशै तथा तिहार नजिक नजिकिँदै जाँदा दशै तिहार सम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसैक्रममा चर्चित गायक राजेशपायल राईको जादुमय आवाजमा सजिएको नयाँ दशै तिहार गीत ‘छुट्टि मिलेन’ सार्वजनिक भएको छ । गीतको भिडियो राजेशपायल राई युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
एनवि मगरको शब्द तथा संगीत रहेको गीतको भिडियोमा सर्मिला राई मगर, सृष्टि मगर, प्रेम लक्ष्मी मगर, काजिमान मगर लगायतको अभिनय रहेको छ ।
७ मिनेट ३५ सेकेण्डको गीतको भिडियोमा विशेष गरि परदेशमा बस्ने नेपालीहरु दशै तिहारमा आफ्नो मातृभूमि, जन्मथलो आउननपाई उनीहरुले विदेशमा भोग्नु परेको दुःख, कष्ट, पीर, व्यथालाई गीतद्वारा जस्ताको तस्तै ढाल्न खोजिएको गीतकार एनवि मगरले बताए ।
https://www.youtube.com/watch?v=_NM7Vbkyp0o