शुक्रवार, भाद्र २६ गते २०८३

चीनमा एउटै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय

चीनमा एउटै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय

रोदिक खबर

१३, आश्विन २०८२
  • 2.0K
    SHARES
  • चीनमा एउटै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय

    बेइजिङ । चीनमा एउटै परिवारका ११ जनालाई मृत्युदण्ड दिइएको छ । म्यानमारमा घोटाला केन्द्र सञ्चालन गरेको आरोपमा देशको एक अदालतले माफिया परिवारका ११ जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको चिनियाँ सरकारी सञ्चारमाध्यमको समाचारलाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ ।

    यस परिवारका दर्जनौँ सदस्यहरू आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ । परिवारका अन्य धेरै सदस्यहरूलाई पनि लामो जेल सजाय सुनाइएको छ ।

    चीनको यो माफिया परिवारले म्यानमारको सानो सहर लौक्काईलाई नियन्त्रण गर्ने चार घरानाहरू मध्ये एकको लागि काम गर्थ्यो ।

    म्यानमार–चीन सीमा नजिकै अवस्थित यो सहर जुवा, लागूपदार्थ र असङ्ख्य घोटाला केन्द्रहरूको केन्द्र बनेको छ। २०२३ मा म्यानमारले यी परिवारहरूमाथि कारबाही गर्ने क्रममा धेरै सदस्यहरूलाई पक्राउ गरेर चिनियाँ अधिकारीहरूलाई बुझाएको थियो ।

    चीनको सरकारी टिभी च्यानल सीसीटीभीकाअनुसार उत्तरी सहर वेन्झाउको एक अदालतले सोमबार माफिया परिवारका कुल ३९ सदस्यहरूलाई सजाय सुनाएको थियो ।

    प्रकाशित मिति :आश्विन १३, २०८२ सोमवार - २२:३३:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको