शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सिन्धुलीका कुन-कुन स्थानमा छन् सडक अवरुद्ध ?

सिन्धुलीका कुन-कुन स्थानमा छन् सडक अवरुद्ध ?

रोदिक खबर

१९, आश्विन २०८२
  • 1.1K
    SHARES
  • सिन्धुलीका कुन-कुन स्थानमा छन् सडक अवरुद्ध ?

    खोटाङ । अविरल वर्षाको कारण सिन्धुलीका विभिन्न सडक अवरुद्ध भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार बीपी राजमार्ग, मदन भन्डारी राजमार्ग र मध्य पहाडी लोकमार्गको विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको छ ।

    बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी-१ गजुली दहमा सडकको माथीबाट ढुङ्गा, माटोसहितको पहिरो आई सडक अवरोध भएको छ ।

    त्यस्तै सुनकोशी-१ नेपालथोक-घ्याम्पे खोला खण्डमा रोशी खोलाले २५० मिटर सडक कटान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    त्यस्तै सुनकोशी ६ कानढुङग्रे स्थित बीपी राजमार्गमा माथिबाट ढुङ्गा सहितको पहिरो आई सडक अवरुद्ध भएको थियो । उक्त स्थानमा एकतर्फी सडक खुलेपनि जोखिमपूर्ण भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    मध्य पहाडी लोकमार्ग अन्तर्गत फिक्कल-६ नागस्थानमा ढुंगा,माटो र लेदोसहितको पहिरो आई राजमार्ग दुईतर्फी नै बन्द भएको छ । अवरोध हटाउन खुर्कोटबाट जेसीबी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

    मध्य पहाडी लोकमार्ग कै गोलन्जोर ६ अक्करे भिरमा पनि ढुंगा,माटो र लेदोसहितको पहिरो आएर सडक एक तर्फी बन्द भएको छ ।

    प्रहरीका अनुसार यान्त्रिक कार्यालय खुर्कोटको लोडरले मध्य पहाडी राजमार्गको अक्करे भिरबाट अवरोध पन्छाउन सुरु गरेको र उक्त लोडर खाङसाङसम्म पुगेर पहिरो पन्छाउने प्रहरीको भनाई छ ।

    मदन भन्डारी राजमार्गको मरिन-२ सिन्दुरे दोभानमा पहिरो गई सडक अवरोध भएको र अवरोध पन्छाउन इलाका प्रहरी कार्यालय कपिलाकोटको प्रहरीको समन्वयमा २ वटा जेसीबी प्रयोग गरेर पहिरो पन्छाउन सुरु भएको छ भने हरिहरपुरगढी ४ हाकपारामा पहिरो गई सडक अवरुध्द भएको र अहिले एकतर्फी सुचारु छ ।

    कमलामाई नगरपालिका-८ हर्दियामा खोला र पहिरोको कारण सडक अवरुद्ध भएकोमा स्थानीयको सहयोगमा ३ वटा जेसीबी प्रयोग गरेर अवरोध पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १९, २०८२ आइतवार - १३:१६:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको