खोटाङ । खोटाङमा दाहाल बन्धु छोरी बुहारी समिति गठन गरेको छ । वत्स गोत्रीय दाहालहरुको दाहाल प्रतिष्ठान शाखा खोटाङले संगिनी नाच प्रतियोगिता, एसईई तथा कक्षा १२ उर्तिणलाई बधाई साथै शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा आइतबार रेनुका दाहालको अध्यक्षतामा १९ सदस्यीय दाहाल बन्धु छोरीबुहारी समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा कमला दाहाल, सचिवमा रविना दाहाल, सहसचिवमा सरिता दाहाल र काेषाध्यक्षमा प्रेमकुमारी दाहाल रहेका छन् ।
दाहाल परिवारका छोरीबुहारीबीचमा सुमधुर सम्बन्ध कायम राख्दै महिला सशिक्तकरण, आत्मनिर्भरता, सामाजिक एकता र समुदाय विकासमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले समिति बनाइएको दाहाल प्रतिष्ठान खोटाङले जनाएको छ ।