शुक्रवार, भाद्र २६ गते २०८३

खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दाहाल र आचार्यको जोडि प्रथम

खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दाहाल र आचार्यको जोडि प्रथम

रोदिक खबर

२३, कार्तिक २०८२
  • 4.6K
    SHARES
  • खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दाहाल  र आचार्यको जोडि प्रथम

    खोटाङ । खोटाङको साकेला गाउँपालिका-२ रतन्छामा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुल्ला डबलमा दिक्तेलका योजन दाहाल र पुजन आचार्यको जोडी प्रथम भएको छ ।

    साकेला ब्याडिमनटन संघ रतन्छा खोटाङद्वारा आयोजना गरिएको प्रतियोगितामा सोल्माका पवन राई र प्रकाश राईको जोडीलाई हराउँदै दाहाल र आचार्यको जोडी प्रथम भएको हो ।

    खुला डबलतर्फ प्रथम हुने जोडीलाई २० हजार, द्वितीयलाई १५ हजार र सेमिफाइनलिस्टलाई ५/५ हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको साकेला ब्याडिमनटन संघ रतन्छा अध्यक्ष हरिकुमार राईले जानकारी दिए।

    बिजेता खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष रविप्रकाश राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

    प्रकाशित मिति :कार्तिक २३, २०८२ आइतवार - १९:१०:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको