शुक्रवार, भाद्र २६ गते २०८३

मुक्तककार नेत्र खतिवडाको मुक्तक संग्रह ‘ढुङ्गाे फुलेपछि’ लाेकार्पण

मुक्तककार नेत्र खतिवडाको मुक्तक संग्रह ‘ढुङ्गाे फुलेपछि’ लाेकार्पण

रोदिक खबर

२६, कार्तिक २०८२
  • 2.6K
    SHARES
  • मुक्तककार नेत्र खतिवडाको मुक्तक संग्रह ‘ढुङ्गाे फुलेपछि’ लाेकार्पण

    खोटाङ । 'ढुङ्गाे फुलेपछि' नामक मुक्तकसंग्रहको लोकार्पण भएको छ । नेत्र खतिवडाद्वारा लिखित मुक्तकसंग्रह मंगलबार प्राज्ञ विवस पोखरेलले लोकार्पण गरेका हुन।विष्णुमाया पुस्तकालय, पोखरिया विराटनगरमा एक कार्यक्रमकोबीच विमोचन भएको कृतिमा १९२ वटा मुक्तक संलग्न छन् ।

    मुक्तक सङ्ग्रह “ढुङ्गो फुलेपछि” ले जीवनका कठोर क्षणहरूभित्र पनि सुन्दर भावना फुल्न सक्छन् भन्ने सन्देश दिने कवि खतिवडाले वताए।

    नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा कवि बलराम पोखरेल,कविराज न्यौपाने, सरला चापागाई,भुषण ढुङ्गेल,उमेश लुईटेल, सुरेन्द्र कुमार साह, प्रयाग न्यौपाने लगायतकाे उपस्थिति रहेकाे थियाे।

    कृतिमाथि गायत्रीकुमार चापागाईंले मुक्तकसंग्रहका सन्दर्भमा चर्चा गरेका छन् । हरेक मुक्तकले प्रेममा हुने मिलन, बिछोड, आशा निराशा, धोका, समसमयिक घटनाक्रम सबैखाले अनुभूति मुक्तकहरूमा मुखरित भएको उल्लेख गर्दै साहित्यकार चापागाईंले मुक्तकसंग्रहका बारेमा यसरी टिप्पणी गर्छन- नेत्र आफू युवाअवस्थाकै भएकाले प्रेमजन्य भावनामा बगेका छन् ।

    गरिबी, रोग, शोकले पीडित जनतामाथि नेतृत्व वर्गले शासनका नाममा रासन जुटाउन नसकेको चुनावी षडयन्त्र, जालसाँचले सिंहदरबार पसेपछि ठालु भएर देशमा हत्या हिंसा बढाएर देशलाई लुछिरहेको दारिरहेको स्थितिप्रति व्यङ्ग्य गर्दै सुधारात्मक चेत दिन उनका मुक्तकहरू सफल छन् ।

    देशको राजनैतिक विकृतिप्रति उनी सचेत छन् । सामाजिक, सांस्कृतिक विभेदले समाज ग्रसित भएकोले त्यसको रूपान्तरणका लागि उनले चलाएको कलम यथोचित छ ।

    सङ्घर्ष र नियतिको खेलमा उनी जेलिएका छन् । देशप्रेमको भावना, विकास र निर्माणप्रतिको उनको चाहना यत्रतत्र पोखिएको छ ।

    वैदेशिक रोजगारीले युवा पलायन हुँदा देशको जर्जर स्थितिबोधप्रति उनी सचेत छन् । उनीहरूकै रेमिटेन्सले देश धानिए पनि उनीहरूप्रति शासकहरूको ध्यान खिचिएको छैन । नैतिकता आदर्शताको खोजी गर्ने कर्तव्यबोधप्रति लेखक सचेत छन् ।

    जस्तै पुर्खाले आर्जेको देशको सिमाना रक्षा गर्नुपर्ने सन्देश उनको छ । न्याय प्रणालीको अदूरदर्शी न्यायप्रति उनको ब्यङ्ग्य चेतना सशक्त छ ।

    सामाजिक विकृतिका नाममा भैरहेको शोषण, अन्याय मानव तस्करी, द्वन्द्व, उमेरजन्य विकार, सरकारी कर्मचारीको कामप्रतिको उदासीनता, मपाइँवाद जस्ता धेरै विषयमा उनले कलम चलाएका छन् ।

    प्रकाशित मिति :कार्तिक २६, २०८२ बुधवार - १७:२६:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको