शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेल–रेग्मीटार सडकखण्डको घर्तीभिरको मन्त्री राईद्वारा अनुगमन, २ करोड बजेट विनियोजन

दिक्तेल–रेग्मीटार सडकखण्डको घर्तीभिरको मन्त्री राईद्वारा अनुगमन, २ करोड बजेट विनियोजन

रोदिक खबर

१४, मंसिर २०८२
  • 1.5K
    SHARES
  • दिक्तेल–रेग्मीटार सडकखण्डको घर्तीभिरको मन्त्री राईद्वारा  अनुगमन, २ करोड बजेट विनियोजन

    खोटाङ । वर्षौँदेखि दिक्तेल–रेग्मीटार सडकखण्डको प्रमुख बाधक मानिएको घर्तीभिरको जोखिमयुक्त भूभागको कोशी प्रदेश सरकारले स्थलगत अनुगमन गरेको छ।

    कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई नेतृत्वको टोलीले आइतबार उक्त क्षेत्रको अनुगमन गरेको हो । सडक विस्तारको काम तत्काल अघि बढाइने मन्त्री राईले बताए ।

    दिक्तेल–रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    मन्त्रालयका अनुसार केही समयमै घर्तीभिर फोर्ने कार्य प्रारम्भ हुनेछ, जसले लामो समयदेखि अवरुद्ध निर्माण प्रक्रिया अगाडि बढ्नेछ।

    अनुगमनका क्रममा मन्त्री राईले यस सडक निर्माण कार्यमा स्थानीयवासीको ठुलो भुमिका रहने भएकाले सहयोग गर्न आग्रह गर्दै समस्या समाधानका लागि सरकार गम्भीर बनेको विश्वास व्यक्त गरेका छन्।

    प्रकाशित मिति :मंसिर १४, २०८२ आइतवार - १८:५५:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको