शुक्रवार, भाद्र २६ गते २०८३

बंशिलाघाटमा बेलिब्रिज राख्न सुरु

बंशिलाघाटमा बेलिब्रिज राख्न सुरु

रोदिक खबर

१९, मंसिर २०८२
  • 2.2K
    SHARES
  • बंशिलाघाटमा बेलिब्रिज राख्न सुरु

    खोटाङ, १८ मंसिर । खोटाङको दक्षिणी क्षेत्र र उदयपुर जोड्ने सुनकोसीस्थित बंशिलाघाटमा बेलिब्रिज राख्न सुरु गरिएको छ ।

    खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोसीको बंशिलाघाटमा बेलिब्रिज जडान सुरु गरिएको हो ।

    बंशिलाघाटमा पक्की पुल निर्माणको काममा चरम ढिलासुस्ती भइरहेको अवस्थामा कोशी प्रदेश अन्तरगत भौतिक पुर्वाधार विकास मन्त्रालयले अस्थायी बेलिब्रिज राख्न सुरु गरेको हो ।

    नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा निकालेर राख्नेगरी बेलिब्रिज जडान सुरु गरिएको भौतिक पूवाधार विकास कार्यालय खोटाङका प्रमुख सिनियर डिभिजन इन्जिनियर बिनम दाहालले बताए ।

    ५१.८१ मिटर लामो र ४.१ मिटर चौंडाई भएको बेलिब्रिज पुस पहिलो सातासम्ममा जडान गर्नेगरी काम थालिएको छ । गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि, रौतहटले मुल्याअभिबृद्धि करसहित ५७ लाखमा बेलिब्रिज जडान गर्ने ठेक्का पारेको हो ।

    प्रकाशित मिति :मंसिर १९, २०८२ शुक्रवार - १४:४६:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको