घरैमा तीज मनाउन गाउँपालिकाको आग्रह 

घरैमा तीज मनाउन गाउँपालिकाको आग्रह 

रोदिक खबर

२, भाद्र २०७७
  • 2.7K
    SHARES
  • घरैमा तीज मनाउन गाउँपालिकाको आग्रह 

    खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले आगामी भदौ ५ गते पर्ने हिन्दु महिला धर्मावलम्बीको हरितालिका तीज घरैमा मनाउन आग्रह गरेको छ ।

    दिनानुदिन कोरोना भाइरसको संक्रमणको खतरा बढिरहेको भन्दै गाउँपालिकाले हरितालिका तीजलाई आ–आफ्नो घरभित्रै परिवारका साथमा मनाउन आग्रह गरेको हो । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जारी गरेको सूचनामा हरितालिका तीजमा जमघट नहुन तथा भिडभाड नगर्न सचेत गराएको छ । 

    यस्तै, भदौ ३ गतेका दिन खोटेहाङ गाउँपालिका–८ सिमपानीमा हरेक वर्ष लाग्ने कुसे औंसी मेला नलगाउने, खोटाङबजार, सिमपानी बजार लगायतका क्षेत्रमा लाग्ने हाटबजार केही समयका लागि बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले अनावश्यक भीडभाड तथा जमघट नहुने, आवश्यक कामका लागि बजार क्षेत्रमा जान परे सामाजिक दुरी कायम गर्दै मास्क, पञ्जा, स्यानीटाइजर लगायतका सामग्रीको प्रयोग गर्न आग्रह गरेको छ ।

    लकडाउन हटाइएपछि सुरु भएको हाटबजारमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले हाटबजार बन्द गर्ने निर्णय गरेको केही दिनपछि खोटेहाङ गाउँपालिकाले आफैले सूचना जारी गरेको हो । 

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको साउन ३० गते बसेको बैठकको निर्णय अनुसार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार अर्को व्यवस्था नभएसम्मका लागि बन्द गराउने निर्णय गरेको थियो । 

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १३:२२:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको