शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेलमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको छात्रा कबड्डी प्रतियोगीता विवादित

दिक्तेलमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको छात्रा कबड्डी प्रतियोगीता विवादित

रोदिक खबर

२६, मंसिर २०८२
  • 1.9K
    SHARES
  • दिक्तेलमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको छात्रा कबड्डी प्रतियोगीता विवादित

    खोटाङ, २६ मंसिर । खोटाङको दिक्तेलमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको छात्रा कबड्डी प्रतियोगीता विवादित बनेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको रनिङ शिल्डको छात्रातर्फको कबड्डी प्रतियोगीताको निर्णयप्रति प्रश्न उठेको छ ।

    अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै माउन्ट एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुल दिक्तेलले छात्रातर्फको कबड्डी प्रतियोगीता बहिष्कार गरेको छ ।

    मंसिर २६ गते सञ्चालित छात्रातर्फको कबड्डी प्रतियोगीताको फाइनल प्रतिस्पर्धामा अम्पायरले निष्पक्ष निर्णय नगरेको माउन्ट एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुलले दावी गरेको छ ।

    विद्यालयका प्रिन्सिपल झमरलाल चौधरीले जारी गरेको विज्ञाप्तिमा कबड्डी प्रतियोगीताका अम्पायरले नियतवस आफ्नो स्कुललाई हराउन भूमिका खेलेको उल्लेख छ ।

    IMG-20251212-WA0051.jpgनिष्पक्ष निर्णय नभएको भन्दै सो विद्यालयले छात्रातर्फको कबड्डी प्रतियोगीताबाट आफ्नो खेलाडीलाई फिर्ता गराएको छ । अन्य विद्याका खेलमा भने आफ्नो खेलाडीले प्रतिष्पर्धा गर्ने माउन्ट एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुलले जनाएको छ ।

    अघिल्लो दिन सञ्चालित छात्रतर्फको कबड्डी प्रतियोगीता पनि पाँच मिनेट अगावै टुंग्याएर माउन्ट एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुललाई हराइएको विज्ञाप्तिमा भनिएको छ ।

    माउन्ट एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुलले राष्ट्रपति रनिङ शिल्डको स्वच्छता, गरिमा र मर्यादा कायम राख्नका लागि उचित पहल कदमी लिन नगरपालिका समक्ष आग्रह गरेको छ ।

    प्रकाशित मिति :मंसिर २६, २०८२ शुक्रवार - २२:१८:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको