दिक्तेल जीवनयोग प्रयोगशालाको प्रथम वार्षिक कार्यक्रम सम्पन्न

दिक्तेल जीवनयोग प्रयोगशालाको प्रथम वार्षिक कार्यक्रम सम्पन्न

रोदिक खबर

२८, मंसिर २०८२
  • 1.4K
    SHARES
  • दिक्तेल जीवनयोग प्रयोगशालाको प्रथम वार्षिक कार्यक्रम सम्पन्न

    खोटाङ । दिक्तेलमा सञ्चालनमा रहेको जीवनयोग प्रयोगशालाको प्रथम वार्षिक कार्यक्रम सम्पन्न भएको छ । योग, ध्यान तथा प्राकृतिक जीवनशैलीमार्फत आम नागरिकको शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले स्थापना गरिएको जीवनयोग प्रयोगशालाले प्रथम वार्षिक कार्यक्रम सम्पन्न भएको हो ।

    सहभागीहरूले नियमित योग अभ्यासले जीवनशैलीमा ल्याएको सकारात्मक परिवर्तनबारे अनुभव साटासाट गरेका थिए ।

    कार्यक्रमका वक्ताहरूले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका तनाव, दीर्घरोग र मानसिक समस्याबाट मुक्त हुन योग तथा ध्यानको अभ्यास अपरिहार्य रहेको उल्लेख गर्दै जीवनयोग प्रयोगशालाले समुदायस्तरमा स्वास्थ्य सचेतना फैलाउन खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

    Screenshot_20251214_172318_Gallery(1).jpgजीवनयोग प्रयोगशालाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सभहलमा विगत एक वर्षदेखि दिक्तेल क्षेत्रमा नियमित योग कक्षा, ध्यान अभ्यास, स्वास्थ्य परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    योगशालाको सहजीकरण शान्ता आचार्य र जीवन आचार्यले गरिरहेका छन् ।

    स्थानीय स्तरमै योग र स्वस्थ जीवनशैलीको अभ्यासलाई संस्थागत रूपमा अघि बढाउन सफल जीवनयोग प्रयोगशालाको प्रथम वार्षिक कार्यक्रमले दिक्तेल क्षेत्रमा स्वस्थ समाज निर्माणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको छ ।

    कार्यक्रममा प्रयोगशालाका सचिव सिताराम आचार्यले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए ।

    प्रयोगशालाका जिल्ला अध्यक्ष केशव कुमार श्रेष्ठको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, जिल्ला न्यायधिवक्ता टिकाभूषण घिमिरे, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश थापा, सशस्त्रका प्रहरी नायव उपरीक्षक शैलेन्द्र न्यौपाने, राष्ट्रिय अनुसन्धानका वरिष्ठ अनुसन्धान अधिकृत रमेशकुमार अधिकरी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख सर्बिन्द्र प्रसाद यादव, नेपाल पत्रकार महासंघ खोोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, नेपाल रेडक्रस सोसाइटी खोोटाका मन्त्री छत्र वजिमय,    साधक, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो ।

    प्रकाशित मिति :मंसिर २८, २०८२ आइतवार - १७:३१:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको