राष्ट्रपति रनिङ शिल्डमा प्रथम बनेपछि विजय उत्सव

राष्ट्रपति रनिङ शिल्डमा प्रथम बनेपछि विजय उत्सव

रोदिक खबर

१, पौष २०८२
  • 3.3K
    SHARES
  • राष्ट्रपति रनिङ शिल्डमा प्रथम बनेपछि विजय उत्सव

    राष्ट्रपति रनिङ सिल्डमा प्रथम भएपछि दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयले विजय उत्सव मनाएको छ ।

    १६ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत चौथो दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्डमा प्रथम बनेको विद्यालयले मंगलबार दिक्तेलबजारमा विजय उत्सव मनाएको हो ।

    प्रशिक्षक र विद्यार्थी खेलाडीलाई सम्मान गरेर विद्यालयलेदेखि रत्नपार्क, अल्छेढुंगा, अस्पताल चोक पोखरी स्कुल हुँदै विद्यालयसम्म सिल्ड, ट्रफी, मेडल प्रदर्शनी गरेर विजय उत्सव मनाईएको प्रधानाध्यापक धनकर्ण श्रेष्ठले बताए ।

    राष्ट्रपति रनिङ सिल्डको कूल ५४ पदकमा बोर्डिङले २६ स्वर्ण, १२ रजत, १२ कास्य पदक ल्याएको थियो । बोर्डिङले एथलेटिक्समा ८ स्वर्ण, ४ रजत, ६ कास्य, मार्सट आर्टमा १६ स्वर्ण, ८ रजत, १२ कास्य र कबडड्ीको छात्राछात्र गरी २ स्वर्ण पदक ल्याएको थियो ।

    गतवर्ष दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयलले १८ स्वर्ण १८ रजत १९ कास्य पदक ल्याएर राष्ट्रपति रनिङ सिल्डको उपाधि उचालेको थियो ।

    राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा नगरभित्रका २३ वटा मावि, २ वटा आधारभूत विद्यालय र दिक्तेल बहुमुखी क्याम्पससहित २६ शैक्षिक संस्थाले सहभागिता जनाएको थियो।

    प्रकाशित मिति :पौष १, २०८२ मंगलवार - १८:०३:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको