शुक्रवार, भाद्र २६ गते २०८३

चक्र–अन्जु राई फाउण्डेसनद्वारा दिक्तेल बहुमुखी क्याम्पसलाई सेल्फी स्टेन हस्तान्तरण

चक्र–अन्जु राई फाउण्डेसनद्वारा दिक्तेल बहुमुखी क्याम्पसलाई सेल्फी स्टेन हस्तान्तरण

रोदिक खबर

१, पौष २०८२
  • 2.1K
    SHARES
  • चक्र–अन्जु राई फाउण्डेसनद्वारा दिक्तेल बहुमुखी क्याम्पसलाई सेल्फी स्टेन हस्तान्तरण

    खोटाङ । चक्र–अन्जु राई फाउण्डेसनले खोटाङको दिक्तेलस्थित दिक्तेल बहुमुखी क्याम्पसलाई क्याम्पस सौन्दर्यकरणका लागि निर्माण गरिएको सेल्फी स्टेन (ब्युटिफिकेसन) हस्तान्तरण गरेको छ। फाउण्डेसनका अध्यक्ष लिलाबहादुर खत्रीले मंगलवार एक कार्यक्रमकाबीच सेल्फी स्टेन क्याम्पस प्रमुख कृष्णबहादुर राईलाई हस्तान्तरण गरेका हुन्।

    क्याम्पस परिसरलाई आकर्षक र विद्यार्थीमैत्री बनाउन सहयोग पुर्‍याउने उद्देश्यले सेल्फी स्टेन निर्माण गरिएको फाउण्डेसनले जनाएको छ। चक्र–अन्जु राई फाउण्डेसनकी सदस्य मीना कार्कीका अनुसार फाउण्डेसनले करिब ८५ हजार रुपैयाँको लागतमा सेल्फी स्टेन निर्माण गरी क्याम्पसलाई प्रदान गरेको हो। यसले क्याम्पसको सौन्दर्य अभिवृद्धिसँगै विद्यार्थी तथा आगन्तुकहरूका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

    सेल्फी स्टेन हस्तान्तरण कार्यक्रममा पूर्व क्याम्पस प्रमुख हिराकुमार राई, स्वर्गीय चक्र राईको श्रीमती अन्जु राई, छोरा उदिप राई, चक्र–अन्जु राई फाउण्डेसन पदाधिकारी तथा सदस्यहरु, क्याम्पसका प्रध्यापकहरु लगायतको उपस्थिति रहेको जनाइएको छ ।

    पूर्व ब्रिटिस आर्मी स्वर्गीय चक्र राईको स्मृतिमा उनकी श्रीमती अन्जु राई तथा छोराछोरीको पहलमा २०७८ सालमा चक्र–अन्जु राई फाउण्डेसन स्थापना गरिएको हो। स्थापना कालदेखि नै फाउण्डेसनले शिक्षा, सामाजिक विकास र सामुदायिक सहयोगका क्षेत्रमा विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

    प्रकाशित मिति :पौष १, २०८२ मंगलवार - २०:५२:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको