नागरिकलाई ज्याकेट वितरण

नागरिकलाई ज्याकेट वितरण

रोदिक खबर

५, पौष २०८२
  • 2.1K
    SHARES
  • नागरिकलाई ज्याकेट वितरण

    खोटाङ, ५ पुस । जाडो बढ्न थालेसँगै खोटाङको केपिलासगढी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण सुरु गरेको छ ।

    महिला, वालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत गाउँपालिकाले ७६ वर्षदेखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण सुरु गरेको हो । पुस ४ गते केपिलासगढी गाउँपालिका–१ फेदीका ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण गरिएको छ ।

    वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र वडाध्यक्ष निरकुमार राईले ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण गरेका थिए ।

    केपिलासगढी गाउँपालिकामा सात वडा छन् । क्रमशः सबै वडाका गरी चार सय ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण गरिने गाउँपालिका उपाध्यक्ष राईले बताए ।

    गत वर्ष ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण गरिएको थियो ।

    प्रकाशित मिति :पौष ५, २०८२ शनिवार - ११:२४:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको