बिहिवार, कार्तिक १३ गते २०८३

कारबाहीमा परेकालाई कांग्रेसले दियो माफी, क्रियाशील सदस्यता यथावत

कारबाहीमा परेकालाई कांग्रेसले दियो माफी, क्रियाशील सदस्यता यथावत

रोदिक खबर

१२, पौष २०८२
  • 2.8K
    SHARES
  • कारबाहीमा परेकालाई कांग्रेसले दियो माफी, क्रियाशील सदस्यता यथावत

    काठमाडौं । नेपाली कांग्रेसले चुनावमा पार्टीका उम्मेदवारविरुद्ध लागेर निलम्बनमा परेकाहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

    पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वत: कार्वाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको हो ।

    अघिल्लो निर्वाचनमा पार्टीको उम्मेदवार पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वत: कार्वाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय पनि कांग्रेसले गरेको छ,’ पार्टी निर्णयबारे जानकारी गराउँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने ।

    साथै, यसरी कारबाही माफी भएकाहरूको क्रियाशील सदस्यता निरन्तर कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय पनि भएको उनले बताए ।

    प्रकाशित मिति :पौष १२, २०८२ शनिवार - २०:००:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको