खोटाङ सेवा समाज काठमाडौं नेपालको अध्यक्षमा नवल खड्का

खोटाङ सेवा समाज काठमाडौं नेपालको अध्यक्षमा नवल खड्का

रोदिक खबर

१४, पौष २०८२
  • 7.0K
    SHARES
  • खोटाङ सेवा समाज काठमाडौं नेपालको अध्यक्षमा नवल खड्का

    खोटाङ । खोटाङ सेवा समाज काठमाडौं नेपालको अध्यक्षमा नायक तथा निर्देशक नवल खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

    खोटेहाङ गाउँपालिका–८ सिम्पानी स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका खड्का समाजको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन्।

    नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्षसमेत रहेका खड्काको नेतृत्वमा गठन भएको २१ सदस्यीय कार्यसमितिमा खोटाङ जिल्लाका दशवटै स्थानीय तहको प्रतिनिधित्व सुनिश्चित गरिएको समाजले जनाएको छ।

    महाधिवेशनले पहिलो बैठकबाट पदाधिकारी चयन गर्ने निर्णयसमेत गरेको छ।

    अध्यक्षमा निर्वाचित भएपछि खड्काले आफूलाई व्यक्त गरिएको विश्वास र भरोसालाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता जनाउँदै समाजलाई अझ सशक्त, एकताबद्ध र गतिशील बनाउने बताएका छन्।

    करिब तीन दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेका खड्काले ‘दशगजा’, ‘भिदत्त’, ‘आवाज’, ‘माया बसेछ’, ‘क्रान्ति’ र ‘काँडेतार’ जस्ता चलचित्र निर्माण गरिसकेका छन्।

    वि.सं. २०४४ सालमा स्थापना भएको खोटाङ सेवा समाजले जिल्लाको सामाजिक हित, शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।

    काठमाडौँको शुभम् पार्टी प्यालेसमा गएराति सम्पन्न महाधिवेशनको उद्घाटन कार्यक्रममा खोटाङमा जन्मिएर विभिन्न क्षेत्रमा रहेर जिल्ला तथा देशका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ । 

    प्रकाशित मिति :पौष १४, २०८२ सोमवार - २२:११:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको