बिहिवार, कार्तिक १३ गते २०८३

कुनाइघाटमा बेलिब्रिज निर्माणका लागि स्थलगत अनुगमन

कुनाइघाटमा बेलिब्रिज निर्माणका लागि स्थलगत अनुगमन

रोदिक खबर

२०, पौष २०८२
  • 1.6K
    SHARES
  • कुनाइघाटमा बेलिब्रिज निर्माणका लागि स्थलगत अनुगमन

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ बासबोटे जोड्ने सुनकाेशीकाे कुनाइघाटमा प्रस्तावित बेलिब्रिज निर्माणका लागि स्थलगत अनुगमन गरिएको छ।

    कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले आइतबार प्राविधिकसहितको टोली लिएर कुनाइघाट पुगेर स्थलगत अनुगमन गरेका हुन्।

    Screenshot_20260104_140501_Gallery(1).jpgअनुगमनका क्रममा मन्त्री राईले बेलिब्रिज निर्माण भएपछि खोटाङ र उदयपुर जिल्लाबीचको आवागमन सहज हुने, स्थानीय बासिन्दाको दैनिकी सरल बन्ने तथा व्यापार–व्यवसाय र हलेसी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए।

    मन्त्री राईले दुर्गम क्षेत्रका नागरिकले भोग्दै आएका यातायातसम्बन्धी समस्या समाधान गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै बेलिब्रिज निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए।

    स्थलगत अनुगमनमा हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख बिमला राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई, हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेश राउत, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य लोकेन्द्र राई लगायत जनप्रतिनिधि, प्राविधिक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    अनुगमनका क्रममा स्थानीयवासीहरूले सुनकोशी नदीमा पुल नहुँदा वर्षायाममा अत्यन्तै कठिनाइ भोग्नुपरेको जानकारी गराउँदै बेलिब्रिज निर्माण कार्य छिटो सुरु गर्न आग्रह गरेका थिए।

    उक्त स्थानमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि खोटाङ र उदयपुरबीचको आवागमन सहज हुने मात्र नभई तराईलगायत विभिन्न स्थानबाट हलेसी दर्शनका लागि आउने श्रद्धालु तथा पर्यटकहरूका लागि समेत छोटो दूरीको वैकल्पिक मार्ग खुल्ने हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख बिमला राईले बताइन्।

    यसले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत उल्लेख्य सकारात्मक योगदान पुग्ने नगरप्रमुख राईको भनाइ छ।

    प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - १४:०७:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको