२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा ३५ जना ज्येष्ठ नागरिक सम्मानित

२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा ३५ जना ज्येष्ठ नागरिक सम्मानित

रोदिक खबर

२, माघ २०८२
  • 1.5K
    SHARES
  • २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा  ३५ जना ज्येष्ठ नागरिक सम्मानित

    खोटाङ । २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसी खोटाङले ३५ जना ज्येष्ठ नागरिकलाई न्यानो टोपी वितरण गर्दै सम्मान गरेको छ।

    गुल्मले जाडो मौसमलाई मध्यनजर गर्दै ७० वर्ष उमेर नाघेका ३५ जना ज्येष्ठ नागरिकहरूलाई शुक्रबार जाडोमा प्रयोग हुने न्यानो टोपी प्रदान गरेको हो।

    IMG-20260116-WA0007.jpgसमाजमा ज्येष्ठ नागरिकप्रति सम्मान, सहकार्य र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिए।

    ज्येष्ठ नागरिकहरू समाजका मार्गदर्शक तथा अनुभवी व्यक्तित्व भएकोले उनीहरूको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति सशस्त्र प्रहरी बल सदैव संवेदनशील र प्रतिबद्ध रहेको प्रनाउ न्यौपानेले बताए।

    ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष धनपती आचार्यले सशस्त्र प्रहरी बलले गरेको यस किसिमको मानवीय तथा सामाजिक उत्तरदायित्वपूर्ण कार्यको प्रशंसा गरे।

    उनले यस्ता कार्यक्रमहरूले सुरक्षा निकाय र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।

    प्रकाशित मिति :माघ २, २०८२ शुक्रवार - २०:३०:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको