खोटाङमा दुई स्वतन्त्रसहित १५ उम्मेदवारको मनोनयन दर्ता

खोटाङमा दुई स्वतन्त्रसहित १५ उम्मेदवारको मनोनयन दर्ता

रोदिक खबर

६, माघ २०८२
  • 2.7K
    SHARES
  • खोटाङमा दुई स्वतन्त्रसहित १५ उम्मेदवारको मनोनयन दर्ता

    खोटाङ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा १५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

    एक वटा प्रतिनिधिसभा निर्वाचान क्षेत्र रहेको जिल्लामा १३ वटा दल र दुई स्वतन्त्र सहित १५ उम्मेदवारको मनोनयन दर्ता भएको हो ।

    नेपाली कांग्रेसबाट बिरकाजी राई, नेकपा एमालेबाट देवबिक्रम राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट हरि रोका, श्रम संस्कृति पार्टीबाट आरेन राई, रास्वपाबाट रुद्र गिरी, उज्यालो पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेस राईको मनोनयन दर्ता भएको छ ।

    यस्तै, जसपाबाट राकेश राई, नेकपा (माओवादी)बाट चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जसपा नेपालबाट सुनिल चाम्लिङ, राप्रपाबाट दिपक तामाङ, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपाबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङको मनोनयन दर्ता भएको छ ।

    यस्तै, डा. राजकुमार राई र तिलकचन्द्र राईको स्वतन्त्र उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताए । जिल्लामा १३ वटै दलले महिला नेतृलाई भने बेवास्ता गरेको छ ।

    समावेसीताका सन्दर्भमा दलहरु अनुदार देखिएका छन् । १० स्थानीय तह रहेको खोटाङमा १ लाख ४७ हजार १२० मतदाता छन् । निर्वाचनका लागि १३६ मतदान स्थल र १९५ मतदान केन्द्र तोकिएका छन्

    प्रकाशित मिति :माघ ६, २०८२ मंगलवार - १९:५९:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको