मतदातासँग प्रत्यक्ष संवादमा खोटाङ कांग्रेस, घरदैलो अभियान तीव्र

मतदातासँग प्रत्यक्ष संवादमा खोटाङ कांग्रेस, घरदैलो अभियान तीव्र

रोदिक खबर

२०, माघ २०८२
  • 2.1K
    SHARES
  • मतदातासँग प्रत्यक्ष संवादमा खोटाङ कांग्रेस, घरदैलो अभियान तीव्र

    खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बिरकाजी राईलाई उम्मेदवार बनाएको नेपाली कांग्रेस खोटाङले जिल्लाभर मतदातासँग भेटघाट तथा घरदैलो अभियानलाई तीव्र बनाएको छ।

    निर्वाचनलाई केन्द्रमा राख्दै कांग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा पार्टी प्रतिनिधि तोकी योजनाबद्ध रूपमा प्रचार–प्रसार अभियान अघि बढाएको नेपाली कांग्रेस खोटाङका उपसभापति इवन राईले बताए ।

    IMG-20260203-WA0031.jpgघरदैलो अभियानमार्फत कांग्रेसले पार्टीका नीति, कार्यक्रम तथा उम्मेदवारका स्पष्ट प्रतिबद्धताबारे मतदातालाई प्रत्यक्ष जानकारी गराइरहेको उपसभापति राईको भनाइ छ।

    पालिकामा खटाइएका पार्टी प्रतिनिधिहरूले गाउँ–टोलमा घरघरमा पुगेर मतदातासँग खुला संवाद गर्दै जनताका समस्या, आवश्यकता र अपेक्षाहरू सुन्ने काम गरिरहेका छन्।

    पार्टीका अनुसार यस अभियानले संगठन सुदृढ बनाउनुका साथै जनतासँगको दूरी घटाउँदै आपसी विश्वास मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

    स्थानीय तहका कार्यकर्ता र नेताहरूको सक्रिय सहभागिताले अभियानलाई थप प्रभावकारी बनाएको खोटाङ कांग्रेसको भनाइ छ।

    नेपाली कांग्रेस खोटाङले निर्वाचन मिति नजिकिँदै जाँदा प्रचारप्रसार अभियानलाई अझ व्यापक, सशक्त र जनमुखी बनाउँदै जिल्लाभर सकारात्मक जनसमर्थन हासिल गर्ने लक्ष्य लिएको जनाएको छ।

    प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - ०९:३२:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको