रौतहटमा रास्वपा स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु

रौतहटमा रास्वपा स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु

रोदिक खबर

२२, माघ २०८२
  • 2.8K
    SHARES
  • रौतहटमा रास्वपा स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु

    खोटाङ । रौतहटमा गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अल्फा खातुन नाम गरेकी बालिका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रसाद बस्यालले बताए ।

    उनका अनुसार, घटना बिहीबार दिउँसो साढे २ बजे इशनाथ नगरपालिका–३ मठिया टोलको हो ।

    रास्वपाको स्टिकर टाँसिएको बा १५ च ४२४४ नम्बरको कारले ती बालिकालाई ठक्कर दिएको थियो । त्यसपछि त्यही कारमा राखेर ती बालिकालाई गौरको सिटी अस्पतालमा लगिएको थियो ।

    त्यहाँबाट प्रादेशिक अस्पतालमा लगिएको थियो । पौने ३ बजे प्रादेशिक अस्पतालमै ती बालिकाको मृत्यु भएको हो ।

    बालिकालाई अस्पताल पुर्‍याएपछि चालक भने फरार छन् । उनको खोजी भइरहेको छ । गाडी भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :माघ २२, २०८२ बिहिवार - १७:४५:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको