शुक्रवार, भाद्र २६ गते २०८३

खोटेहाङ गाँउपालिका एसइई परीक्षा सहजीकरणलाई यो वर्ष पनि निरन्तरता दिदै..

खोटेहाङ गाँउपालिका एसइई परीक्षा सहजीकरणलाई यो वर्ष पनि निरन्तरता दिदै..

रोदिक खबर

२३, माघ २०८२
  • 11.3K
    SHARES
  • खोटेहाङ गाँउपालिका एसइई परीक्षा सहजीकरणलाई यो वर्ष पनि निरन्तरता दिदै..

    गत सालदेखि कक्षा १० को एसईई परीक्षाको लागि खोटेहाङ गाँउपालिकाले पालिका भित्र सन्चालित ११ वटा माविहरुलाइ अतिरिक्त सिकाइ सहजीकरणको लागि वित्तिय सहयोगको सुरुवात गरेको थियो । हरेक विद्यालयहरुले विद्यार्थी संख्याको आधारमा प्रति विद्यार्थी करिव ५१०० को दरमा शुल्क प्राप्त गरेका थिए । उक्त शुल्कमा केही विद्यालयहरुले अतिरिक्त कक्षाको शुल्क विषय शिक्षकलाई दिएका कुनै विद्यालयहरुले विहानको खाना तथा खाजाको व्यवस्था गरेका थिए । यो वर्ष पनि निकै अगाडि देखि नै विद्यालयहरुमा अतिरिक्त सहजीकरण कक्षा सुरु भएसकेको छ ।

    केही विद्यालयहरुले भने त्यही शुल्कवाट कक्षा ८ र ५ को पालिका स्तरीय परीक्षाको लागि पनि अतिरिक्त कक्षा सञ्चालन गरेको तथा केही आधारभूत विद्यालयहरुले आफ्नै खर्चमा तथा निशुल्क रुपमा पनि कक्षा संचालन गरेका छन् । उक्त कार्यले पालिकाको शैक्षिक उपलव्धि सुधारमा निकै सहयोग पु¥याएको गाउँपालिका उपाध्यक्ष रुपेश राईले बताए ।

    यो वर्षको परीक्षाको लागि पनि उही दरमा आर्थिक सहायता छुट्इयाएको, प्रअहरुलाई सञ्चार खर्च थप, बालविकास केन्द्र शिक्षक तथा विद्यालयका लेखापालहरुलाई थप रकम उत्कृष्ट शिक्षक विद्यालय, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा कर्मचारीहरुलाई समेत पुरस्कृत गरेर मनोवल बढाई दिदाँ दत्त चित्त भई आफ्नो पेशाप्रति समर्पित भएर लागि परेको देखिएको शिक्षा शाखा प्रमुख राजकुमार खड्काले बताए ।

    विपदमा सिकाइ योजना, इमिस सम्वन्धी तालिम तथा एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम र राष्ट्रपति रनिङ शिल्ड, अन्तर विद्यालय विविध प्रतियोगिता जस्ता कार्यहरु यो वर्ष सम्पन्न गरीसकिएको जानकारी प्राप्त भएको छ । महिला शिक्षकहरु प्रसुति विदामा वसेको वेला हुने सिकाई क्षतिलाइ न्युनीकरण गर्नको लागि यो वर्षवाट पालिकाले सट्टा शिक्षकको व्यवस्था समेत गरेको छ ।

    उक्त कार्य वडा नं ९ मा पर्ने भानु माविका दुई जना महिला शिक्षक प्रसुति विदामा रहेको वेला विद्यालयले दुई जना सट्टा शिक्षक पाइसकेको छ । शैक्षिक सुधारको लागि सकेसम्म, जानेसम्म, हुनेसम्म र वजेटले भ्याएसम्म कुनै कसर बाँकी नराख्ने कुरा पालिका अध्यक्ष उदिमवहादुर राईले बताए ।

    सामाजिक विकास समिति संयोजक तथा वडा नं ६ का अध्यक्ष वसन्तकुमार राई पनि अधिकांश विद्यालयमा अनुगमन तथा सुपरीवेक्षणको लागि समय–समयमा जाने गरेको र त्यहाँको शैक्षिक वस्तुस्थिति वुझेर कार्यपालिकामा संवोधन गर्नको लागि प्रस्तुत गर्नु हुने विद्यालय स्रोत निरीक्षक मानवहादुर खत्रीले बताए ।

    प्रकाशित मिति :माघ २३, २०८२ शुक्रवार - १४:३२:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको