खोटाङ २ फागुन । दाहाल प्रतिष्ठान शाखा समिति खोटाङको अध्यक्षमा लिलाबहादुर दाहाल भएका छन् । शनिबार प्रतिष्ठानको कार्यालय दिक्तेलमा सम्पन्न चौथो जिल्ला अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
दाहालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा मित्रबहादुर दाहाल, सचिवमा शेरबहादुर दाहाल, सहसचिवमा लक्ष्मीप्रसाद दाहाल, कोषाध्यक्षमा रविना सुवेदी (दाहाल) चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा शंकरमान दाहाल, रत्नप्रसाद दाहाल, मेघराज दाहाल, तेजबहादुर दाहाल, सिताराम दाहाल, हेमलत्ता कार्की (दाहाल), पूर्णबहादुर दाहाल, मुना बस्नेत (दाहाल), दिपेन्द्र दाहाल, डम्बरबहादुर दाहाल, गीता कार्की (दाहाल) र भगवान दाहाल चयन भएका छन् ।
यस्तै, कुमार दाहालको संयोजकमा तीन सदस्यीय लेखा समिति गठन गरिएको छ । लेखा समिति सदस्यहरूमा प्रशान्त दाहाल र प्रेमचन्द्र दाहाल चयन भएका छन् ।
यसैगरी, प्रतिष्ठानका निवर्तमान अध्यक्ष मीनकुमार दाहालकाे संयोजकमा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरूमा भक्तबहादुर दाहाल, दिलीप दाहाल, गोमा दाहाल, हर्कबहादुर दाहाल, नईन्द्र दाहाल र डम्बरबहादुर दाहाल रहेका छन् ।
दाहाल प्रतिष्ठान कुलबधु सेवा समाजका केन्द्रीय संयोजक रीता पाठक (दाहाल) को प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य बलराम दाहाल, प्रतिष्ठानको अक्षयकोषदाता दिपक दाहाल, पूर्व केन्द्रीय सदस्यहरु दिलीप दाहाल, गोमादेवी दाहाल, नेपाल पत्रकार महासंघ खोटाङका उपाध्यक्ष चिसाङ शेर्पा लगायतको उपस्थिति रहेकोे प्रतिष्ठानले जनाएको छ ।
यस्तै, अधिवेशनको अवसरमा दृष्टिविहिन गायक तथा संगीतकार भक्त बिश्वकर्मा र समाजसेवी भक्तबहादुर दाहाललाई सम्मान गरिएको छ । बिश्वकर्मालाई दोसल्ला ओढाएर नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । दाहाललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा प्रतिष्ठानको कार्यालयका लागि निशुल्क काठ उपलब्ध गराउने तथा प्रतिष्ठानमा ५० हजारको अक्षयकोषदाता दीपक दाहाललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष दाहालले जानकारी दिए ।

