खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङदेल र बाक्सिलामा गरी ७१ जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन्।
कांग्रेस प्रवेश गर्नेमा केपिलासगढी गाउँपालिकाका प्रभावशाली युवा नेता पवन कुमार श्रेष्ठसहितका नेता कार्यकर्ता रहेका छन्।
श्रेष्ठ तत्कालीन एकीकृत समाजवादी पार्टी खोटाङका युवा नेता तथा युवा संघका पूर्वअध्यक्ष हुन्।
कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई कांग्रेस कोशी प्रदेश महामन्त्री भुपेन्द्र राई, कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार बीरकाजी राई, महाधिवेशन प्रतिनिधि एवंम् केपिलासगढी गाउँपालिका कमाण्डर सुमनबाबु आचार्य, कांग्रेसका युवा नेता मनाेज तिम्सिना लगायतले अविरजात्रा गरेर पार्टीमा भित्र्याएका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता रहेका छन्।