खोटाङमा विभिन्न पार्टी परित्याग गरी ४९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
वीपी स्मृती भवन दिक्तेलमा मंगलबार साँझ जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष आश्रय राई, नेकपा एमालेका दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी सदस्य शिव आचार्यसहितका युवा नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेसमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई कांग्रेसका केन्द्रीय सदस्य सुवासकुमार पोखरेल र जिल्लास्थित नेताहरुले खादा लगाई अविरजात्रा गरेर पार्टीमा भित्र्याएका छन् ।
कांग्रेस प्रवेश गर्नेमा जसपा, नेकपा एमाले र नेकपाका कार्यकर्ताहरु रहेका छन् ।
यस्तै, १० वर्ष जनयुद्धमा २०५८ सालदेखि भूमिगत भएर नेकपा माओवादीमा काम गरेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ ओख्रेका बिकास तामाङ कांग्रेस प्रवेश गरेका छन् ।
तामाङलाई कांग्रेसको कोशी प्रदेश महामन्त्री भुपेन्द्र राईले आजै पार्टीमा भित्रयाएका हुन् ।
