छितापोखरीमा विभिन्न राजनीतिक दल परित्याग गरी २१ जना कांग्रेसमा प्रवेश

छितापोखरीमा विभिन्न राजनीतिक दल परित्याग गरी २१ जना कांग्रेसमा प्रवेश

रोदिक खबर

१४, फाल्गुण २०८२
  • 2.7K
    SHARES
  • छितापोखरीमा विभिन्न राजनीतिक दल परित्याग गरी २१ जना कांग्रेसमा प्रवेश

    खोटाङ। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा विभिन्न राजनीतिक दल परित्याग गर्दै २१ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    छितापोखरीमा आयोजित एक कार्यक्रममा नवप्रवेशीहरूलाई कांग्रेसका कोशी प्रदेश महामन्त्री भुपेन्द्र राई लगायतका नेताहरूले अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन्।

    कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री राईले लोकतन्त्रको सुदृढीकरण, समावेशी विकास र सुशासन कांग्रेसको मूल एजेण्डा रहेको उल्लेख गरे। उनले पार्टीप्रति बढ्दो जनविश्वासले परिवर्तनको संकेत गरेको बताए ।

    नवप्रवेशीहरूले देश, प्रदेश र स्थानीय तहको समग्र विकासका लागि कांग्रेसको नीति तथा नेतृत्व उपयुक्त ठानेर पार्टी रोजेको बताएका छन्।

    प्रकाशित मिति :फाल्गुण १४, २०८२ बिहिवार - १२:१०:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको