शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङका कुन नेताले कुन मतदान केन्द्रबाट मतदान गरे ?

खोटाङका कुन नेताले कुन मतदान केन्द्रबाट मतदान गरे ?

रोदिक खबर

२१, फाल्गुण २०८२
  • 3.2K
    SHARES
  • खोटाङका कुन नेताले कुन मतदान केन्द्रबाट मतदान गरे ?

    खोटाङ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज सम्पन्न मतदानमा खोटाङका शीर्ष नेता तथा विभिन्न दलका उम्मेदवारहरूले आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

    नेपाली कांग्रेस, कोशी प्रदेशका महामन्त्री तथा कोशी प्रदेश भौतिक पूर्वाधार विकास/ स्वास्थ्य निवर्तमान मन्त्री भुपेन्द्र राईले दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोदय मावि मतदान केन्द्रबाट मतदान गरे।

    त्यस्तै, नेकपा एमाले केन्द्रीय सदस्य विशाल भट्टराईले खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिननाथ मावि मतदान केन्द्रबाट मतदान गरे।

    नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामकुमार राई "पासाङ" ले साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला मावि मतदान केन्द्रमा मतदान गरे भने नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य समिता कार्की अस्मिताले महेन्द्रदोय मावि निर्मलीडाँडा मतदान केन्द्रमा मतदान गरिन् ।

    नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री उषाकला राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित शीतला मावि मतदान केन्द्रबाट मतदान गरिन्।

    नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन आयोगका संयोजक टंक राईले जालपा मावि मतदान केन्द्रबाट मतदान गरे भने नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री राजन राईले बास्पानीस्थित राष्ट्रिय मावि मतदान केन्द्रमा मतदान गरे ।

    यस्तै, नेपाली कांग्रेस निवर्तमान केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सरस्वती बजिमयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती मावि मावि मतदान केन्द्रमा मतदान गरिन भने पूर्व मन्त्री तथा कांग्रेसका नेता सर्वधन राईले सल्लेस्थित हातीटार मतदान केन्द्रमा मतदान गरे ।

    जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला मावि मतदान केन्द्रमा मतदान गरे ।

    प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू पनि आ–आफ्नो केन्द्रमा पुगेर मतदान गरेका छन् ।

    नेपाली कांग्रेस खोटाङका उम्मेदवार बीरकाजी राईले केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पत्करु आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरे।

    त्यसैगरी, नेकपा एमाले खोटाङका उम्मेदवार देबविक्रम राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सहयोगी आधारभूत विद्यालयबाट मतदान गरे।

    नेपाली कम्युनिष्ट पार्टी खोटाङका उम्मेदवार हरि रोकाले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित महेन्द्रोदय मावि मतदान केन्द्रबाट मतदान गरे भने श्रम संस्कृति पार्टी खोटाङका उम्मेदवार आरेन राईले केपिलासगढी गाउँपालिका–१ फेदीस्थित गौरीपञ्च आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरे।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित सरस्वती माविबाट मतदान केन्द्रबाट मतदान गरे भने राष्ट्रिय परिवर्तन पार्टी खोटाङका उम्मेदवार मिरेश राईले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

    स्वतन्त्र उम्मेदवार डा. राजकुमार राईले रावावेशी गाउँपालिका-१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

    यसैबीच, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुवाश कुमार पोखरेल र पूर्व वन तथा वातावरण राज्यमन्त्री शिवकुमार बस्नेत भने यस पटक मतदानमा सहभागी भएनन्।

    जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण २१, २०८२ बिहिवार - २१:३१:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको