शुक्रवार, भाद्र २६ गते २०८३

कांग्रेसका केन्द्रीय सदस्य पोखरेल र पूर्व मन्त्री बस्नेत मतदानमा सहभागी भएनन्

कांग्रेसका केन्द्रीय सदस्य पोखरेल र पूर्व मन्त्री बस्नेत मतदानमा सहभागी भएनन्

रोदिक खबर

२१, फाल्गुण २०८२
  • 2.8K
    SHARES
  • कांग्रेसका केन्द्रीय सदस्य पोखरेल   र पूर्व मन्त्री  बस्नेत मतदानमा सहभागी भएनन्

    खोटाङ । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुवाशकुमार पोखरेल र पूर्व वन राज्य मन्त्री शिवकुमार बस्नेत मतदान गर्न जिल्ला आएनन् ।

    बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेताद्वय मतदान गर्न आफ्नो जिल्ला खोटाङ नआएपछि कांग्रेसभित्र चर्चा सुरु भएको कांग्रेस श्रोतले जनाएको छ ।

    जिल्लाका अन्य शीर्ष नेताहरू भने आ–आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका थिए। खोटाङमा ४३ प्रतिशत मत खसेको छ । ३० हजार ३५ महिला र ३३ हजार पुरुष गरी ६३ हजार ३५ मत खसेको हो ।

    मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीका अनुसार जिल्लाभरका एक सय ३६ मतदानस्थलकै मतपेटिका ल्याउने काम भइरहेको छ ।

    शुक्रबार विहान १० बजेसम्म सबै मतपेटिका सङ्कलन भइसक्ने र त्यसपछि सर्वदलीय बैठक राखेर मतगणना सुरु हुने पराजुलीले सुनाएका छन् ।

    शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जनाएकी छन् ।

    प्रकाशित मिति :फाल्गुण २१, २०८२ बिहिवार - २२:४५:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको