खोटाङ । खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ४०६ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका वीरकाजी राईले ३२६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार देव विक्रम राईले १०६ मत प्राप्त गरेका छन् ।
यसैगरि नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हरि रोका ११९ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राई २७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले २२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक तामाङले ६ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का चन्द्र बहादुर बुढाथोकीले ३ मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले २ मत, जनता समाजवादी पार्टी(एकल चुनाव चिन्ह) का राकेश राईले २ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले १ मत प्राप्त गरेका छन् ।
साँझ ८ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार १०२३ मत गणना भएको छ।