शुक्रवार, भाद्र २६ गते २०८३

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङमा आरेन राई विजयी

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङमा आरेन राई विजयी

रोदिक खबर

२४, फाल्गुण २०८२
  • 953
    SHARES
  • श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङमा आरेन राई विजयी

    खोटाङ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ को अन्तिम नतिजा सार्वजनिक भएको छ।प्राप्त ताजा मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्।

    राईले १६,६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव विक्रम राईले १२,७१४ मत प्राप्त गरेका छन्।

    त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार वीर काजी राईले ११,९५७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। आरेन राईले एमालेका उम्मेदवारलाई ३,८९८ मतान्तरले पराजित गरेका हुन्।

    प्रकाशित मिति :फाल्गुण २४, २०८२ आइतवार - ०८:४२:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको