एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

रोदिक खबर

२९, फाल्गुण २०८२
  • 1.4K
    SHARES
  • एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिएकी हुन् ।

    केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनायो ।

    मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।

    अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

    गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएको थियो । त्यसयता उनी झापा गएका थिएनन् । त्यसअघिसम्म उनी झापास्थित घरमा आउजाउ गरिरहन्थे ।

    प्रकाशित मिति :फाल्गुण २९, २०८२ शुक्रवार - ०८:२५:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको