शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आज पनि दिनभर भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज पनि दिनभर भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह

रोदिक खबर

८, आश्विन २०७७
  • 2.9K
    SHARES
  • आज पनि दिनभर भारी बर्षाको सम्भावना,  सतर्क रहन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । केही दिनयता जारी वर्षा शनिवारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान शाखाले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रह देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    आज सबै प्रदेशका थोरै थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानरमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागका अनुसार राति पनि सबै प्रदेशमा झरी पर्ने सम्भावना छ । भारी बर्षाको सम्भावना रहेकाले नदीको पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । 

    प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - ०९:४४:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको