मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

रोदिक खबर

४, चैत्र २०८२
  • 10.3K
    SHARES
  • मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

     खोटाङ । मोटरसाइकल दुर्घटनामा परी खोटाङका एक युवकको मृत्यु भएको छ । जिल्लाको बराहपोखरी गाउँपालिका–५ पौवासेराका ३० वर्षीय भुपाल राईको मृत्यु भएको हो । बुधवार बिहान उदयपुरको उदयपुरगढी गाउँपालिका–६ कटारी चोक नजिक नेपालटार क्षेत्रमा दुर्घटना हुँदा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतकका आफन्त खिलाराज राई (दिपक) का अनुसार गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो ।

    दुर्घटनामा संलग्न दुवै सवारी साधन अस्थायी प्रहरी पोष्ट नेपालटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । टिपर चालक बिनोद खड्का फरार  रहेकाले खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ४, २०८२ बुधवार - १७:५०:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको