विजयखर्कमा सडक ढलानको काम सुरु

विजयखर्कमा सडक ढलानको काम सुरु

रोदिक खबर

१८, चैत्र २०८२
  • 3.5K
    SHARES
  • विजयखर्कमा सडक ढलानको काम सुरु

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सडक ढलानको काम सुरु भएको छ। ग्रामीण यातायातलाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले सडक स्तरोन्नति गर्दै ढलान कार्य अगाडि बढाइएको हो।

    वडा कार्यालयदेखि साप्सुखोला लिपेदोभानसम्मको सडक स्तरोन्नति आयोजनाका लागि मूल्य अभिवृद्धि कर र पिएस सहित राधाभगवती कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. ले ३७ लाख ७३ हजार २ सय ३२ रुपैयाँ बजेटमा कामको जिम्मा लिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ ।

    Screenshot_20260401_184528_Gallery(1).jpgनिर्माण कार्यका लागि २०८२ माघ २२ गते ठेक्का सम्झौता भएको योजनाको काम २०८३ जेठ ३१ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    सडक ढलान सम्पन्न भएपछि हिलो र धुलोबाट मुक्त हुने स्थानीय सागर खनालले जानकारी दिए।

    प्रकाशित मिति :चैत्र १८, २०८२ बुधवार - १८:४८:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको